क्रिकेटर सुरेश रैनालाई पुत्रलाभ

काठमाडौंः भारतीय क्रिकेटर सुरेश रैनालाई पुत्रलाभ भएको छ । रैनाकी श्रीमती प्रियंका चौधरीले आज दोस्रो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् । उनीहरुको पहिलो सन्तान २०१६ मा छोरीको जन्म भएको थियो ।

रैनाले भारतका लागि २२६ वानडे, ७८ टी–२० र १८ टेष्ट म्याच खेलेका छन् । उनले अन्तिम पटक २०१८ मा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।

रैनाले भारतका लागि वानडेमा १८ सय ११, टेष्टमा ६०३ र टी–२० मा ४४२ रन बनाएका छन् । उनी इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स (सीएसके) बाट खेल्ने गर्छन् ।

कमेन्ट गर्नुहोस्