बाहुबली सिमेण्टले निःशुल्क वितरण गर्यो स्यानिटाइजर र मास्क

काठमाडौंः बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रालिले निःशुल्क रुपमा स्यानिटाइजर र मास्क वितरण गरेको छ ।

कोभिड १९ संक्रमण हुनबाट जोगिन एभरेस्ट प्यारेन्टरल्स् प्रालिको सहकार्यमा स्यानिटाइजर र मास्क वितरण गरिएको हो । काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरूमा स्यानिटाइजर र मास्क वितरण गरिएको हो ।

‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानिटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं’, बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रालिका प्रवन्ध निर्देशक गौरव गाडियाले भने, ‘देशको एक उद्योग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो । देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौं ।’

हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।

कमेन्ट गर्नुहोस्