कोरोना रोकथाम कोषः उपराष्ट्रपति पुनले दिए एक महिनाको तलब

काठमाडौंः नन्दबहादुर पुन ‘पासाङ’ले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उपचार कोषका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् ।

उपराष्ट्रपति पुनले सोमबार विज्ञप्ति जारी गर्दै कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका हुन् ।

साथै, उनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सम्पूर्णलाई अपीलसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्