युएईमा कोरोना भाइरसको संक्रमणमा परेका दुई नेपालीको सफल उपचार

युएई ।युएईमा कोरोना भाइरसको संक्रमणमा परेका दुई नेपालीको उपचार सफल भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसरी निको भएर फर्केकाहरु को हुन् भन्ने उनीहरुको परिचय भनें खुलाईएको छैन ।
यसरी कोरोना भाइरसको संक्रमण बाट मुक्त हुनेमा दुई नेपाली सहित एक ईरानी नागरिक रहेको जनाइएको छ।

युएईमा हालसम्म कोरोना भाइरसको संक्रमण १ सय ९८ जनामा देखिएको छ जसमध्ये ४१ जना निको भएका छन् ।

युएइ सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेको हुँदा जो जहाँ भए पनि उच्च मनोबलका साथ रहन युएई स्थित नेपाली दूतावासले नेपालिहरुलाइ अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्