आइसोलेसनमा राखिएका युवकको चितवनमा मृत्यु, काेराेना पुष्टि हुन बाँकी

चितवनः कोरोना आशंकामा भरतपुरस्थित कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्जका ३० बर्षका युवक रहेका छन् । उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका थिए ।

तर उनमा कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  प्रचण्ड ३८२ मतले अगाडि

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्