काठमाडौंः विश्वकै चर्चित सिङगिङ रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल चम्किँदै गएका छन् ।
उनले दिएको नयाँ प्रस्तुति पनि निर्णायकले निकै मन पराएका छन् । दिवेसको गीत सुनेर निर्णायक लिओनेल रिची रोएको भिडियोमा देख्न सकिन्छ ।
दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन पनि दिएका छन् । अमेरिकन आइडलको १८औं सिजनमा दिवेश शीर्ष २० भित्र परेका छन् ।