जापानमा नेपाली युवकको मृत्यु

काठमाडौंः जापानको राजधानी टोकियोमा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ घर भएर हाल जापानमा रहेका अनुप धामी रहेका छन् ।

उनी आफ्नै कोठमा मृत फेला परेका जापानमै रहेका भक्त जोशीले बताए ।

धामीको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेको जोशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्