भोलिदेखि ‘लकडाउन’मा थप कडाई गर्दै प्रहरी

काठमाडौंः विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले आह्वान गरेको ‘लकडाउन’लाई नेपाल प्रहरीले बुधबार थप कडाइका साथ लागू गर्ने भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीका अनुसार मंगलबार पहिलो दिन भएकाले माइकिङ र सडकमा गुडेका सवारी साधनलाई सम्झाइबुझाई छाडेको तर भोलिबाट भने अनुमति नलिएर सडक सवारी चलाए चालक र सवारी साधनलाई नियन्त्रणमा लिइने छ ।

आज काठमाडौं बाहिर भने अनुमति नलिएर सवारी चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्