कोरोना त्रासकाबीच देशका लागि नमूना काम गर्दै उद्योगमन्त्री भट्ट

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले देशलाई ‘लकडाउन’ गरेको छ । देशभरी ‘लकडाउन’ गरेपछि जनतादेखि मन्त्री, प्रधानमन्त्री ‘होम क्वारेनटाइन’मा बसेका छन् ।

‘लकडाउन’ नहुँदै अधिकांश मन्त्री ‘सेल्फ क्वारेन्टाइन’मा बसे पनि उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने निरन्तर जनताको काममा सक्रिय रहे । उनकै सक्रियतामा बजारमा बढेको कालोबजारी नियन्त्रणमा आएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित संख्यामा तोडियो अहिलेसम्मको रेकर्ड

‘मुलुकलाई अत्याधिक संकटमा परेको अवस्थामा घरमा बस्न मन लागेन ।’ मन्त्री भट्टले भने, ‘संकटमा बेलामा काम गर्नुपर्छ भनेरै जोखिम मोलेर काममा खटिएको छु ।’

मन्त्री भट्टले ‘लकडाउन’को समयमा दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए । सरकारले देशलाई ‘लकडाउन’ गरिए पनि खाद्यान्न ढुवानी र खरिदमा भने रोक लगाइएको छैन् ।

याे पनि पढ्नुस  चितवनका युवकले पनि जिते कोरोना, आजै डिस्चार्ज हुँदै

उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भट्टले विभिन्न शहरमा गएर निरन्तर अनुगमन गरेका छन् ।

उनकै अनुगमनका कारण कालोबजारी गर्न पल्केका व्यवसायीको टाउको दुखेको छ । मन्त्री भट्टको निरन्तरको सक्रियताप्रति जनताले पनि साथ दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्