मोबाइलमै गर्न सकिन्छ कोरोना भाइरसको परीक्षण

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व त्रासपूर्ण वातावरणमा छ । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले मंगलबारदेखि १८ चैतसम्मका लागि देशभर ‘लकडाउन’ गरेको छ ।

यस्तो समयमा कतिपयमा कोरोना भाइरसको लक्षण वा आशंका पैदा हुन सक्छ । अस्पताल जाँदा झन भाइरस संक्रमणको जोखिम । त्यस्तै किसिमको समस्यामा सघाउन भारतको एपोलो अस्पतालले मोबाइलमै कोरोना परीक्षण गर्नसकिने गरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित सुविधा दिन सुरु गरेको छ ।

एपोलो अस्पतालको उक्त सेवा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

लिङ्क खुलिसकेपछि तपाईंलाई तपाईंको उमेर, लिङ्ग, शरीरको तापक्रम, लक्षण (सुख्खा खोकी, हाछ्युँ, घाँटी दुख्ने, कमजोरी महसुस हुने) तथा अन्य लक्षण, यात्रा तथा अन्य व्यक्तिसँगको सम्पर्क, कुनै रोग लागेरनलागेको जस्ता विवरण सोधेअनुसार भर्दै जानुहोस् ।

सबै प्रश्नको विवरण भरिसकेपछि सिस्टमले तपाईंको अवस्थाको निश्कर्ष निकाल्छ । जसमा तपाईंको जोखिमको स्तर देखि अपनाउनुपर्ने सावधानी तथा उपायहरुको विषयमा तत्कालै सुझाउँछ । टेकपानाबाट साभार

कमेन्ट गर्नुहोस्