कोरोना अपडेट: १८६१२ को मृत्यु, संक्रमितको संख्या ४ लाख नाघ्यो,

एजेन्सी: चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा पूरै विश्व परेको छ। बुधबारसम्म यसबाट प्रभावित हुनेको संख्या ४ लाख १७ हजार ५ सय ८२ पुगेको छ भने १८ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्यामा अहिलेसम्म चीन नै अगाडि छ भने मृतकको संख्यामा इटालीले चीनलाई उछिनेको छ।

याे पनि पढ्नुस  एकजना महिलाकाे बन्द काेठामा ७ वर्षका बालक मृत फेला

चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय ९१ छ भने निको हुनेको संख्यामा पनि चीन नै अगाडि छ। चीनमा ६० हजार ३ सय २४ जना निको भइसकेका छन्। यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ।

याे पनि पढ्नुस  ‘र्‍यापिड टेस्ट’ गर्ने टोली बाग्लुङ, कैलाली र कञ्चनपुरमा

मृत्युमा स्पेन तेस्रो नम्बरमा छ। त्यहाँ २ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३९ हजार ८ सय ८५ छ। संक्रमितको संख्याका हिसाबले भने अमेरिका तेस्रो नम्बरमा छ। त्यहाँ ५३ हजार ६ सय ६० जनामा संक्रमण देखिइसकेको छ भने मृतकको संख्या ६ सय नाघेको छ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोना संक्रमित ३ लाख नाघे, मृतक संख्या साढे ८ हजार नजिक (सूचीसहित)

यसैगरी, इरानमा १९३४, फ्रान्समा ११००, बेलायतमा ४२२, नेदरल्याण्डमा २७६, जर्मनीमा १५७, बेल्जियममा १२२, स्वीजरल्याण्डमा १२२, दक्षिण कोरियामा १२०, इण्डानेसियामा ५५ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्