न्यूयोर्क गभर्नरको आक्रोश– २६ हजार मृत्युको मुखमा छन् , ४ सय भेन्टिलेटर पठाउने ?

न्यूयोर्क, अमेरिकाको न्यूयोर्क राज्यका गभर्नरले केन्द्र सरकारबाट सहयोग नपाएको भन्दै कडा आलोचना गरेका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमण रहेका न्यूयोर्कमा रोकथाम तथा उपचारका लागि संघीय सरकारबाट सहयोग अनिवार्य रहेपनि वास्ता नभएको उनको आरोप छ ।

“महामारी तपाई हामीले सोचेभन्दा छिटो र बुलेट रेलको गतिमा फैलिरहेको छ ।” गभर्नर एन्ड्र्यू क्यूमोले सञ्चारकर्मीहरुसँग भने, “तर पनि संघीय सरकारले जीवन जोगाउन आवश्यक चिकित्सा सामग्री पठाउन मान्दैन ।”

याे पनि पढ्नुस  अमेरिकामा आप्रवासीका लागि ढोका बन्द गर्दा धेरै खुशी हुन्छु: डोनाल्ड ट्रम्प

न्यूयोर्कमा २५ हजार बढी संक्रमित भएका छन् भने दुई सय १० जनाको मृत्यु भएको छ । मंगलबार मात्रै विश्व स्वास्थ्य संगठनले अमेरिका संक्रमणको केन्द्र बन्न सक्ने खतरा रहेको बताएको थियो ।

यो चेतावनी राष्ट्रपति ट्रम्पले अर्को महिनासम्म अमेरिका व्यवसायका लागि खुल्ला हुने आशा व्यक्त गरेको केही समयपछि आएको हो ।
संक्रमण तीब्र गतिमा फैलिएपछि न्यूयोर्कका गभर्नर क्यूमोले संघीय सरकारबाट तत्काल सहयोग चाहिएको कुरामा जोड दिए । “न्यूयोर्क भनेको मुख्य हो, सबैभन्दा पहिला न्यूयोर्कमा हुन्छ । न्यूयोर्कमा जे हुन्छ, त्यो क्यालिफोर्निया र अरु ठाउँमा हुन्छ ।”

याे पनि पढ्नुस  थर्काए ट्रम्पले: संसारको सुरक्षाको ठेक्का अमेरिकाको होइन !

केन्द्र सरकारले ४ सय भेन्टिलेटर पठाएकोमा आक्रोस व्यक्त गर्दै गभर्नरले भने, “२६ हजार मान्छे मर्न गइरहेका छन् र केन्द्रले भने ४ सय भेन्टिलेटर पठाउँछ ?” न्यूयोर्क राज्यमा ७ हजार भेन्टिलेटर रहेपनि थप ३० हजार चाहिने उनले बताए ।

राज्यमा थप स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्न गइरहेको उनले बताए । कलेज र होटलहरुलाई उपचार केन्द्र बनाइने उनको भनाई थियो । अहिले जुन गतिमा संक्रमण फैलिरहेको छ, त्यो आधारमा न्यूयोर्कमा मात्रै १ लाख ४० हजार बेड आवश्यक हुने उनले जनाए । ट्रम्पले मानवको जीव्नका लागि एक डलर पनि खर्च गर्न नचाहेकोमा उनको आक्रमेश थियो ।

याे पनि पढ्नुस  ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा प्रस्ताव प्रस्तुत

कमेन्ट गर्नुहोस्