ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा एकको मृत्यु

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एकको मृत्यु भएको छ भने एक गम्भीर बिरामी परेकी छन् ।

मृत्यु हुने श्रीमान हुन् भने र गम्भीर बिरामी हुने श्रीमती रहेको बीबीसीले जनाएको छ । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्ज सिफारिस गरेका थिए ।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्