भारतमा ‘लकडाउन’ शुरू, एक अर्ब ३० करोड जनता प्रभावित

काठमाडौंः भारतमा मंगलबारदेखि तीन साता लामो कडा बन्देज अर्थात् ‘लकडाउन’ शुरू भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब तीस करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन् । अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा नबस्दा ८ जनाले बनाए १९१७ जनालाई संक्रमित

उनले मानिसहरूलाई नआत्तिन भनेका थिए तर लगत्तै राजधानी दिल्लीका पसलहरूमा भिड लागेको थियो ।

उक्त बन्देज गएको मध्यरातबाट लागू भएको छ र आगामी २१ दिनसम्म जारी रहनेछ ।

भारतमा हालसम्म पाँचसय भन्दा धेरै कोरोना भाइरस सङ्क्रमण भेटिएका छन् भने ११ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  भारतले दोक्लामबाट पाठ सिकेको हुनुपर्छः चीन

कमेन्ट गर्नुहोस्