ग्रान्डी र अल्का अस्पतालले कोरोनाका शंकास्पदलाई उपचार गर्न मानेनन्, होला त कारवाही ?

काठमाडौंः कोरोनाका शंकास्पदलाई उपचार गर्न नमान्ने निजी अस्पतालसँग स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।

मन्त्रालयले काठमाडौंका ग्रान्डी अस्पताल र अल्का अस्पतालसँग स्पष्टीकरण सोधेको  हो । यी दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएका थिए ।

चित्त बुझ्दो स्पष्टिकरण अस्पतालले नदिए कारवाही गर्ने सरकारले तयारी गरेको थियो । तर, ग्रान्डी अस्पतालले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने अल्का अस्पतालले स्पष्टीकरण पठाइसकेको छैन ।

कमेन्ट गर्नुहोस्