भारतमा आज मात्रै ५२ जना संक्रमित थपिए, मर्नेको संख्या ११ पुग्यो

नयाँ दिल्लीः भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिन थालेका छ । आज मात्रै भारतमा ५२ वटा नयाँ संक्रमण थपिएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ५ सय ८८ पुगेको छ । हालसम्म ११ जना बिरामीको मृत्यु भएको छ । केन्द्र सरकारले भने ५६२ पोजिटिभ र ५१२ एक्टिभ केस रहेको बताएको छ ।

भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ११२ जना संक्रमित भएका छन् भने दोश्रोमा केरलामा १ सय ९ जना रहेका छन् ।

संक्रमणले गति लिएपछि भारतले हिजो रातीदेखि लागु हुने गरी २१ दिनसम्म देशलाई नै लकडाउन गरेको छ ।

यसैबीच इरानको तेहरानबाट २ सय ७७ जना भारतीय नागरिक आज बिहान भारत आइपुगेका छन् । उनीहरुलाई भारतीय सेनाको जोधपुरमा रहेको क्वारेन्टाइन क्याम्पमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्