रिचार्ज बराबर बोनस ब्यालेन्स दिने टेलिकमको निर्णय

काठमाडौंः नेपाल टेलिकमले ग्राहकलाई रिचार्जमा शतप्रतिशत बोनस दिने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न ‘लकडाउन’गरेपछि ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहेका बेला टेलिकमले यस्तो निर्णय गरेको हो ।

अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

टेलिकमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

बोनस बापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्