म घरमै छु, तपाइहरु पनि घरमै बस्नुहोस्ः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न अनुरोध गरेका छन् ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गरेका हुन् ।

सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’

कमेन्ट गर्नुहोस्