‘क्वारेन्टाइन’ मा राखिएका एक जनाको मृत्यु

कास्कीः पोखरामा ‘क्वारेन्टाइन’ मा राखिएका एक वृद्धको मृत्यु भएको छ । रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार भारतको हैदरबादबाट फर्किएपछि मंगलबार ‘क्वारेन्टाइन’मा राखिएका ५० वर्षीय वृद्धको मृत्यु भएको हो ।

भारतको हैदरावादबाट फर्किएपछि रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो ।

क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैममा मृत्यु भएको प्रहरीले जनाएको छ । ती व्यक्ति १२ दिनअघि हैदरावादबाट रुपा गाउँपालिकास्थित घर फर्किएका थिए। तर उनलाई कोरोना आशंकमा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखिएको थियो।

चिकित्सकहरुका अनुसार उनी मुटु रोगी थिए । उनको कलेजोमा पनि पानी जमेको बताइएको छ। पोखरा ल्याउने क्रममा ती पुरुषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि पनि गरेका छन् ।

ती पुरुषको मृत्युको कारण खुलिसकेको छैन । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेकाले मृत्युको कारण कोरोना संक्रमण या अरु कुनै कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्