५० र १०० को रिचार्ज गर्दा शत प्रतिशत बोनस

काठमाडौँ — नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ ।

यो अफर ७ दिनको लागि हो । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो ।

टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ ।

याे पनि पढ्नुस  टेलिकमले ल्यायो अनलिमिटेड सस्तो डाटा

टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । यो बोनसबाट व्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज गरिद गर्न वा गिफ्ट पठाउन नपाइने कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  प्रतिएमबी ५ पैसामै इन्टरनेट !

५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।

विद्युतीय प्रणालीबाट १ हुने एक हजार माथिको रिचार्ज गर्दा भने बोनस व्यालेन्स १० दिनभित्र खपत गर्नुपर्नेछ ।

याे पनि पढ्नुस  टेलिकमका तथ्याङ्क अब ‘क्लाउड’मा

कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरघरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्