भारतमा एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, चैत १२ । भारतको मध्यप्रदेश तत्कालीन पूर्वमुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि बेलायतबाट फर्केकी मुख्यमन्त्रीकी छोरोमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनी मार्च १७ मा लण्डनबाट भारत फर्किएकी थिइन् । कमलनाथले सोही पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकारहरु सहभागी भएका थिए । छोरीलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

भारतमा हालसम्म ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्