चीनले दियो नेपाललाई दुई हजार थान कोरोना जाँच्ने किट्स

काठमाडौंः चीनको बेइजिङ साभन्त बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) निःशुल्क उपलब्ध गराएको छ ।

‘कोरोनाभाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेष्टिङ किट्स’ बेइजिङबाट कम्पनीले नै ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूतावासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्नेछ ।

उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् ।

कमेन्ट गर्नुहोस्