किन फैलियो इटाली र स्पेनमा कोरोना महामारी ? यस्तो छ कारण

एजेन्सीः विश्वमा अहिले सबैभन्दा बढी कोरोना भाइरसकाे महामारी इटालीमा फैलिरहेको छ। इटालीमा पनि बेरगामो सहरलाई यसले सबैभन्दा बढी गाँजेको छ।

यसैबीच यही ठाउँका मेयर जर्जियो गोरीले फुटबल खेलकै कारण इटाली र स्पेनमा समेत कोरोना महामारी फैलिएको दाबी गरेका छन्।

युरोपेली च्याम्पियन्स लिगका क्रममा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको उनको दाबी छ।

याे पनि पढ्नुस  झनझन् तीब्र बन्दै कोरोनाः एकै दिन झण्डै आठ हजारको मृत्यु, कहाँ कतिको मृत्यु ?

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल गत फेब्रुअरी १९ मा भएको थियो। जुन हेर्न त्यस दिन सानसिरोमा ४४ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

यसैकारण आफ्नो सहर बेरगामो कोरोना महामारीको सबैभन्दा बढी मारमा परिरहेको मेयर गोरीले दाबी गरेको स्पेनी पत्रिका मार्काले छापेको छ।

याे पनि पढ्नुस  नेपालमा ६ जिल्ला कोरोना संक्रमणमुक्त

मेयर गोरीको दाबी छ- त्यतिबेला भाइरस त्यस रंगशालामा पुगिसकेको थियो भने ४० हजार यसबाट संक्रमित भएको हुनुपर्छ। यो खेल हेरेपछि दुवै टिमका समर्थक आ-आफ्ना सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे।

बेरगामाका चिकित्सकले पनि मेयर गोरीकै दाबीमा समर्थन गर्दै त्यही खेलबाट कोरोना संक्रमण बढेको बताएका छन्।

याे पनि पढ्नुस  कपिलवस्तुमा थप २० जनामा कोरोना पुष्टि

मेयर गोरीका अनुसार अनि भ्यालेन्सियाका समर्थकले कोरोना भाइरस आफूसँगै स्पेन पनि पुर्‍याए।

इटालीमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार नजिक पुगेको छ भने स्पनेमा ३ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कमेन्ट गर्नुहोस्