यात्राभरि मास्क र सेनेटाईजर लगाउँदा पनि कोरोनाबाट जोगिन सकिनन् यी युवती

जोधपुर । “सावधानी न अपनाएको हो र रु एकचोटी मासेक सम्म खोलिनँ । तर यो भाइरस यति डेन्जर रहेछ कि मेरो कोशिले मात्रै जोगिन सकिएन ।”

यो कथा होईन, एकजना युवतीको वास्तविकता हो । स्वास्थ सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरसबाट संक्रमित भएकी युवतिको कथा ।

घटना भारतको जोधपुरको हो । मुम्बइदेखि जोधपुर जाने रेलमा बसेकी युवतीले सोही डिब्बामा टर्कीबाट फरेकेका एक दम्पती पनि यात्रा गरिरहेको देखिन ।

पेशाले आईटी इन्जिनयर, कोरोनाबारे सबै सबै जानकारि थाहा छ । त्यसैले मुखमा मास्क र हातमा सेनेटाईजर बोकेकी ती युवतिले सुरुदेखि नै सतर्कता अपनाईन ।

जोधपुरकी २४ वर्षीय ती युवती एउटा मुम्बईको एउटा कम्पनीमा काम गर्छिन ।

महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि परिवारले घर फर्किन भनेपछि उनी १७ मार्चमा जोधपुरका लागि हिडिन । रेलको पहिलो श्रेणीको कोचमा उनीसँगै टर्कीबाट फरकेका पतिपत्नि पनि रहेछन् । युवतीको सीट भने माथि बर्थमा थियो ।

युवतीका अनुसार रेलमा चढेपछि सतर्कता अपनाउँदै उनले त्यहाँ यात्रा गरिरहेका कुनै पनि यात्रुसँग कुरा गरिनन् । सिधै आफ्नो बर्थमा गइन र सुतिन । त्यति लामो बाटो उनी बाथरुम जान मात्रै तल ओर्लिन । बाथरुम जाँदा समेत मास्क थियो । फर्केपछि सेनेटाइजरले बारम्बार हात सफा गरिन ।

“तर खै कतिखेर र कसरी, म संक्रमित हुन पुगेँ ।” उनी भन्छिन् ।

बर्थमा चढदा र ओर्लिंदा या अरु कुनै संक्रमित यात्रुबाट हावामा भाइरस फैलिएका कारण आफू संक्रमित भएको हुनसक्ने उनको अनुमान मात्र छ ।

१८ मार्चका दिन जोधपुर पुगेदेखि २३ मार्चसम्म उनी स्वस्थ्य थिइन । तर २३ मार्चका दिन उनलाई सामान्य ज्वरो र खोजीको शुरु भयो ।

यसैबीच उसँगै उसको कोचमा यात्रा गरिरहेका ती पति पत्नीलाई कोरोना संक्रमण भएको उनले सुनिन् ।

स्वास्थ्य विभागले ती दम्पत्तिसँग को को उक्त रेलमा आएका थिए भन्ने कुरा खोज्दै जाँदा ती युवतीको घर पुगेर घरलाई आइसोलेट गरे ।

२४ मार्चका दिन झन बढी ज्वरो र खोकी लागेपछि उनी जाँचका लागि एम्स अस्पताल पुगिन । “बुधबार बिहान रिपोर्ट आउँदा म मा कोरोना देखिएछ ।” उनले भनिन ।

अहिले उनी एम्समा भर्ना भएकी छिन् । उपचार चलिरहेको छ । युवतीको अवस्था अहिले स्थिर रहेको चिकित्सकहरुले जनाएका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचारका आधारमा तयार पारिएको
तस्वीरः प्रतिकात्मक

कमेन्ट गर्नुहोस्