इटालीमा मर्नेको संख्या साढे ७ हजार नाघ्यो, २४ घण्टामा मात्रै ६ सय बढीको मृत्यु

काठमाडौंः इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ हजार पाँच सय तीन पुगेको छ ।

गएको २४ घण्टामा मात्र ६ सय ८३ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इटलीमा संक्रमितको संख्या ७४ हजार ३ सय ८६ पुगेको छ ।

यद्यपी, संक्रमण दरमा ७.५ प्रतिशतले कमी आएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्