कोरोना: अस्पताल नै नगई निको भइन यी हलिउड नायिका

न्यूयोर्क । कोरोना संक्रमण हुँदैमा ज्यान नै जान्छ भन्ने हुँदैन । यो कुराको उदाहरण हुन हलिउड नायिका ओल्गा ।

जेम्स बोन्ड नायिका ओल्गा कुरिलेन्कोलाई केही समय अगाडि कोरोना संक्रमण भएको थियो ।

तर अहिले भने उनी पुर्ण स्वस्थ्य छिन् । इन्स्टाग्राममा लेख्दै उनले यो कुराको जानकारी गराएकी छिन् ।

ओल्गाले गत १५ मार्चका दिन सामाजिक सञ्जालका माध्यमबाट आफू संक्रमित भएको जानकारी दिएकी थिइन । तर उपचारका लागि उनी अस्पताल भने गइनन् ।

घरमा नै आइसोलेसनमा बसेकी ओल्गाले समय सयममा सामाजिक सञ्जालबाट आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिँदै आएकी थिइन । अहिले उनले लेखेकी छिन्, “म पूर्णरुपमा निको भएकी छु । एक हप्ता अघि मलाई तीब्र ज्वरो र टाउको दुखिरहेको थियो । अर्को हप्ता ज्वरो गयो, खोकी र थकान भने थियो नै । तर अर्को हप्ताको अन्त्यसम्म म पुरै निको भएकी छु । अहिले छोरासँग समय बिताइरहेकी छु ।”

४० वर्षीय ओल्गले टम क्रूजसँग ओब्लिभियन र हिटम्यानमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी ििथइन । हालैमात्रै उनले द बे अफ साइलेन्सको काम सकेकी छिन् । उनी निर्माता र लेखक पनि हुन ।

कमेन्ट गर्नुहोस्