के तपाईलाई कोरोनाको एबिसिडी थाहा छ ?

कोरोना भाइरसका बारेमा अहिले संसारभरि चर्चा छ । कतिपय ठाउँमा आतंक फैलिएको छ भने कतिपयले यसलाई अझै पनि सामान्यरुपमा लिएका छन् ।
तर कोरोनाका बारेमा हामीले सही सूचना पायौं भने यसबाट आफू र अरुलाई जोगाउन सक्छौं ।

कोरोना भाइरसको बारेमा तयार पारिएको सामग्री हो कोरोना एबिसिडी । यो तपाई हामी सबैले बुझ्नु जरुरी छ । आउनुस् । पढौं र अरुलाई पनि शेयर गरौं ।

A कोरोना भाइरस कति घातक छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोभिड १९ को घातकता दर २.१ प्रतिशत छ । अर्थात् २००३ मा फैलिएको सार्सको घातकता दर १० प्रतिशत र २०१२ मा फैलिएको मार्स (३५ प्रतिशत) भन्दा यसको घातकता दर निकै कम छ ।

B त्यसो भए संक्रमणको यति बढी आतंक किन ?
प्रमाणित तथ्यहरुको कमी र हल्लाका कारण अहिले पुरै विश्व समुदायमा आतंक फैलिएको छ । यो भाइरस नयाँ भएकोले पनि यसको प्रभावको बारेमा मानिसलाई पुरै जानकारीको अभाव छ ।

C के हरेक प्रभावित व्यक्तिको मृत्यु हुने आशंका हुन्छ त ?

अहँ हुँदैन । करिब ८० प्रतिशत रोगीहरुका सामान्य लक्षण हुन्छन र दुई हप्तामा नै ठीक हुन्छ । गम्भीर लक्षण भएका बिरामी ३ देखि ६ हप्तामा ठीक हुनसक्छ । तर उपचार निर्देशिका पालना गर्नु जरुरी हुन्छ ।

D कोरोनाको शुरुआती लक्षण के के हुन ?
रुघाखोकीसँगै तीब्र ज्वरो, सुक्खा खोकी र श्वास फेर्न समस्या हुनु नै यो भाइरसको सुरुआती लक्षण हुन । तर यी लक्षण नदेखिएपनि व्यक्ति संक्रमित भएको हुनसक्छ ।

E यसबाट को, कति बिमार भइरहेका छन् ?
यो संक्रमणबाट खासगरी बृद्धहरुमा गम्भीर संक्रमण हुने दोब्बर सम्भावना रहन्छ । बच्चा र युवामा भने यो सम्भावना कम हुन्छ ।

याे पनि पढ्नुस  कोरोना भाइरस: कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने?

F के बच्चाहरुलाई पनि यसको खतरा हुन्छ ?
१८ प्रतिशत भन्दा कम उमेरका बच्चामा २ प्रतिशत सम्भावना छ । यसमा पनि ३ प्रतिशत भन्दा कम बच्चामा त्यसअघि नै गम्भीर रोग भएको पाइएको थियो । बच्चामा रोग प्रतिरोधक क्षमता बढी हुन्छ । तर यो कुरा बच्चा र समुदायको स्वास्थ्य अनुसार फरक हुनसक्छ ।

G के यी भाइरस खाद्यपदार्थको माध्यमबाट फैलिन सक्छन् ?
त्यसो त सामान्यतः हुँदैन । शाकाहारी र मांसाहारी खाने कुराले पनि फरक पर्दैन । तर खुलामा राखेका खाद्य पदार्थमा संक्रमित व्यक्तिको सम्पर्क भयो भने या संक्रमण पर्यो भने त्यस्तो सम्भव हुन्छ । त्यसैले बाहिरको खाना खानुबाट जोगिने र सामान किन्ने पसलमा समेत किन्नुअघि र किनेपछि हात सफा गर्नु जरुरी हुन्छ ।

H कुखुरा या अण्डा खाँदा कोरोना लाग्छ र ?
यस्तो कुनै पनि प्रमाण अहिलेसम्म फेला परेको छैन । तर मांसाहारहरुले मासुलाई राम्रोसँग धोईपखाली मात्रै खानुपर्छ । काँचो मासुमा ब्याक्टेरिया रहने सम्भावना बढी हुन्छ ।

I यदि भाइरसका लक्षण देखिएमा के गर्ने ?
यसको लक्षण सम्पर्क दिनबाट २ देखि १४ दिनमा देखिन सुरु गर्छन् । सामान्य ज्वरो, रुघा आदिमा आत्तिनु आवश्यक छैन ।

J के कोरोनाको जाँचका लागि घरबाटै नमूना दिन सकिन्छ ?
कोरोनाको परीक्षण सबै ल्याबमा सम्भव हुँदैन । यसका लागि बायोसेफ्टी लेभल ४ मा मात्रै नमूना परीक्षण गर्न सकिन्छ ।

K के संक्रमित व्यक्ति निको हुन सक्छ ?
हजुर, ८० प्रतिशत मन्द लक्षण भएको व्यक्ति विशेष उपचार बिना नै ठीक हुन सक्छन् । यसको कुनै भ्याक्सिन छैन ।

याे पनि पढ्नुस  कोरोना भाइरस: कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने?

L कोभिड १९ को सन्दर्भमा सम्पर्क व्यक्तिको परिभाषा के हुन्छ ?
कोरोना पोजिटिभसँग घरमा बस्ने, शारीरिक सम्पर्कमा आउने र एक मिटर भन्दा कम दूरीमा अगाडि सम्पर्कमा आउने व्यक्ति सम्पर्क व्यक्ति हुन । यी सम्पर्क व्यक्तिले पनि अनिवार्य सतर्कता र जाँच गर्नुपर्दछ ।

M कोरोना भाइरसको सम्भावित संक्रमणमा होम आइसोलेसन भनेको के हो ?
प्रभावित देशहरुको यात्रा गरेर फर्केका या देशभित्रै पनि प्रभावित हुनसक्ने सम्भावना भएकाहरुलाई घरमा मात्रै सीमित गर्नुलाई होम आइसोलेसन भनिन्छ ।

N संक्रमित व्यक्तिलाई होम आइसोलेनमा के गर्नुपर्दछ ?
यस्तो व्यक्तिलाई हावा प्रवेश गर्ने, स्वच्छ अलग कोठामा २८ दिनसम्म रहुनपर्छ । तरल पदार्थ बढी मात्रा लिनुपर्छ ।

O होम आइसोलेनमा भएका व्यक्तिलाई के गर्नु हुँदैन ?
यस्तो व्यक्तिले भीड भएको स्थान, परिवार अन्य सदस्यबाट दूरी बनाएर बस्नुपर्छ । कुनै पनि सामान शेयर गर्नु हुँदैन । साथै चिकित्सकीय नियमको पालना गर्नुपर्दछ ।

P के गर्मी मौसममा यसको आउटब्रेक समाप्त हुनसक्छ ?
कतिपयले गर्मीमा यसको प्रसार कम हुने बताएपनि यो कुरा पुष्टि भने भएको छैन

Q कोरोना भाइरस बस्तु या सतहमा कति समयसम्म जीवित रहनसक्छ ?
कागज, काठ, कपडा आदिमा यो ८–१० घण्टा र काँच, प्लाष्टिक आदिमा यो भन्दा बढी समयसम्म यो जीवित रहनसक्छ ।

R कोरोना भाइरसबाट सुरक्षाका लागि मास्क लगाउनु जरुरी हुन्छ ?

बिना लक्षण भएको व्यक्तिलाई मास्क लगाउनु जरुरी हुन्छ । तर भीडभाडमा जाँदा अरु कोही संक्रमित भएको हुनसक्ने सम्भावना बाट जोगिन मास्क लगाउनु जरुरी छ । संक्रमित व्यक्तिबाट दूरी बनाउनु र टाढा बस्नु नै उत्तम उपाय हो ।

याे पनि पढ्नुस  कोरोना भाइरस: कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने?

S कोरोना भाइरसबाट सुरक्षाका लाग कस्तो मास्क लगाउनुपर्छ ?
मेडिकल मास्क या ३ तह भएको डिस्पोजेबल सर्जिकल मास्क

T मेडिकल मास्कको उपयोग कति समयसम्म गर्न सकिन्छ ?
मेडिकल मास्कको प्रयोग ८ घण्टासम्म मात्र गर्न सकिन्छ । यदि यो भिजेको छ भने तत्काल परिवर्तन गर्नुपर्छ ।

U के कोरोना भाइरस घरपालुवा या अन्य जनावरबाट हुनसक्छ ?
यस्तो कुनै रिपोर्ट सार्वजनिक भएको छ । तर पनि जनावरसँग सम्पर्क भन्दा अघि र पछि हात धुनु पर्दछ ।

V यदि कुनै व्यक्ति घरमा यो भाइरसबाट पीडित भए के गर्ने ?
घरमा मास्क लगाएर बस्ने, सेनेटाइजर लगाउने । संक्रमितबाट टाढा बस्ने ।

W खोक्दा या हाँच्छ्यू गर्दा के सावधानी अपनाउने ?
नाक मुख छोप्नु पर्छ । खोक्दा कुहिनो मोडेर हात मुखको अगाडि ल्याउनु्स र खोक्नुस ।

X के लसुनको सेवनले कोरोनाबाट जोगिन सक्छ ?
अहिलेसम्म यसको कुनै वैज्ञानिक प्रमाण छैन । तर लसुनमा एन्टिबायोटिक गुण रहेका हुन्छन् ।

Y कुनै व्यक्तिले हाँच्छयू या खोकीरहेको छ भने के ऊ कोराना संक्रमित हुन्छ ?
सामान्य अवस्थामा यसो हुँदैन । तर ज्वरो, खोकी या श्वास फेर्न गारो भइरहेको छ र उक्त व्यक्ति भाइरसले प्रभावित क्षेत्रको यात्रा गरेको हो भने संक्रमित भएको हुनसक्छ ।

Z कोरोना भाइरसबाट संक्रमित भएको आशंका भए कहाँ सम्पर्क गर्ने ?
कोरोना भाइरसको सम्पर्क भएमा नजिकको स्वास्थ्य संस्था या नेपाल सरकारले उपलब्ध गराएको नम्बरमा फोन गर्ने ।

कमेन्ट गर्नुहोस्