कस्तो रहला आगामी तीन दिनको मौसमा ? यस्तो छ पूर्वानुमान

काठमाडौंः आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू–भागमा एक दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू–भागमा थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भू–भागमा केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागमा एक दुइ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पहाडी भू–भागमा थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू–भागमा एक दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन्छ।

कमेन्ट गर्नुहोस्