खाद्यान्न सकियो ? ११३७ मा फोन गर्नुस्, घरमै पुग्नेछ गाडी

काठमाडौंः सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

याे पनि पढ्नुस  लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्