मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो

काठमाडौंः मलेसिया सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न आवागमनको आदेशको समयावधि थप गरेको छ ।

मलेसियामा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै १८ देखि ३१ मार्च सम्म लागू गरेको आवागमन आदेशको समयावधि १४ अप्रिल २०२० सम्म लागू हुने गरी थप गरेको जानकारी दिएको छ ।

याे पनि पढ्नुस  कोरोनाभाइरस संक्रमणः स्पेनमा आपतकालको घोषणा

साथै सो अवधिभर मलेसिया सरकारको आवागमन नियन्त्रण आदेशको पालना गर्न मलेसियामा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्