अर्को वर्ष कोरोना परीक्षण प्रयोगशाला बनाउने भनेपछि मन्त्रीको चर्को बिरोध

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अर्को वर्ष कोरोना भाइरसको परीक्षण प्रयोगशाला बनाउने भन्दै अभिव्यक्ति दिएपछि चर्को आलोचनाको शिकार बनेका छन् ।

प्रदेशमा कोरोना परीक्षणको सुविधा हुनुपर्ने माग चौतर्फी उठिरहेको बेला उनको यो अभिव्यक्ति गैर जिम्मेवारीको चरम नमूना भएको भन्दै आलोचना चुलिएको हो ।

याे पनि पढ्नुस  मुख्यमन्त्री कार्यालयका सवारी चालक, नक्कली ईन्सपेक्टर बनेर ठगी !

खुला सीमानाका कारण सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । सरकारले नाका बन्द गर्ने निर्णय गर्नुअघि भारतबाट हजारौं नेपाली स्वदेश फर्किएका थिए । उनीहरू सामान्य चेकजाँचपछि नेपाल प्रवेश गरेका थिए ।

सुदूरपश्चिममा कोरोना परीक्षण सुविधा छैन । कसैलाई कोरोना शंका लागेमा काठमाडौं पठाउनुपर्ने बाध्यता छ । रिपार्ट आउन एक हप्ता कुर्नुपर्ने बाध्यता छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका अस्पतालबाट शंकास्पद ८७ जना डिस्चार्ज, १२ जना आईसोलेसनमा

त्यसकारण तत्काल सुदूरपश्चिममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने माग त्यहाँका जनताले उठाइरहेका छन् । तर, मन्त्रीले अर्को वर्षको बजेटमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि बजेट छुट्याउने भन्दै गैर–जिम्मेवार अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भइरहेको हो ।

कमेन्ट गर्नुहोस्