भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा कुटिए अहेब !

बैतडीः भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाइनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् ।

घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको व्याङ्लोरबाट सात जना हिजो चैत १२ गते पुरचौडी पुगेका थिए । सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाईनमा राखिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए ।

कमेन्ट गर्नुहोस्