डेढ महिनाको बच्चा बाेकेर ३ दिनदेखि भोकै, मुम्बईदेखि आउँदै गरेका १५ नेपाली दिल्लीबाट हिडेरै आउँदै

कञ्चनपुर, काखमा डेढ महिनाको बच्चा, रोएको रोए, आमाले दुधको मुन्टोमा बच्चाको ओठ च्याप्न खोज्छिन् । तर बच्चाले दूध आए पो मान्थ्यो ।

अनि दूध पनि कसरी आओस्, तीन दिनदेखि आमाको पेटमा अन्न नपरेपछि ।

विदेशी भूमि, टन्टलापुर घाम, खाली सडक र रित्तो शहर ।

न पानी, न दूध, न खाने सामग्री ।

यो कुनै कथा होइन, न त फिल्मको दृश्य नै ।

बरु यो एकजना आमाको कथा हो, जुन लकडाउनका कारण परिवार र आफन्तको टोलीसँगै भारतको सडकमा बिचल्लीमा परेकी छिन् ।

उनीहरुलाई नेपाल आउनुपर्ने छ ।

तर दिल्लीमा रेलबाट उत्रेपछि उनीहरुका सामु खाली रित्तो सडक छ । गाडीको सम्भावना छैन । सयौं किलोमिटर टाढा स्वदेश छ ।

अहिले यो घटनाको भिडियो सार्वजनिक भएपछि सबैले जिब्रो टोक्न बाध्य बनेका छन् ।

मुम्बईबाट दिल्ली हुँदै नेपाल आउने बेला लकडाउन भएपछि १५ नेपाल सडकमा अलपत्र परेका छन् ।
भारतको मुम्बईबाट नेपालको कञ्चनपुर आउने क्रममा दिल्ली पुगेको बेला लकडाउनको घोषणा भएपछि उनीहरु बिचल्लीमा परेका हुन ।

याे पनि पढ्नुस  भारतमा फेरि बढ्यो कोरोना

भारतको एबिपी न्यूज समाचारमा प्रकाशित भिडियो रिपोर्ट अनुसार, मुम्बईबाट फर्किंदै गरेका बेला दिल्लीमा उनीहरु लकडाउनमा फसेका हुन ।

दिल्लीमा फसेपछि एउटा होटलमा बास बस्न पुगेपनि भोलीपल्ट नै होटलले निकालिदिएको र प्रहरीले समेत दुव्र्यवहार गरेको उनीहरुले बताएका छन् ।

दिल्लीबाट करिब ७ सय किलोमिटर टाढा नेपालको सीमा शहर कञ्चनपुर रहेको छ ।

दिल्लीमा आनन्दबिहार बसपार्क बाहिर भेटिएका यी नेपालीमध्ये केही महिला समेत छन् । एकजना महिला डेढ महिनाको छोरासँगै छिन् । “हिजोदेखि पानीसम्म खान पाएका छैनौं । अब त दूध पनि आउन छोड्यो ।” एबिपीको रिपोर्टरलाई उनले भनिन ।

नेपाल आउने साधन नपाएपछि सुटकेश र झोला बोक्दै नेपालीहरुको उक्त समूह पैदल नै हिडेर नेपाल आइरहेका बैतडीका सांसद लीलाधर भट्टले जनाए ।

अहिले उनीहरु नेपालको सीमा भन्दा केही पर रुद्रपुर आइपुगेका छन् । रुद्रपुरबाट बनवासा आउन अझै डेढ दुई सय बढी किलोमिटर सडक खण्ड रहेको छ ।

“मुम्बईमा छँदा गाडी चलेकै थियो । लकडाउन नै होला भन्ने सोचेका थिएनौं । तर दिल्ली पुग्दा पनि सबै बन्द भइसकेको रहेछ ।” एकजना युवाले भने, “हामीले नेपालमा पनि सम्पर्क गर्यौं । तर केही उपाय लागेन । अब हिडेरै भएपनि घरजानुको विकल्प छैन ।”

याे पनि पढ्नुस  ‘थाकेका छौं तर हारेका छैनौं, घर कसो नपुगिएला र ?’

दिल्ली सरकारले लकडाउनको बेला समस्यामा पर्नेहरुलाई धर्मशालमा बस्न र खानको व्यवस्था गरिएको बताएपनि उनीहरुलाई आवश्यक जानकारी अभावमा झन सास्ती झेल्नुपरेको हो ।

यता नेपालले समेत लकडाउनको घोषणा गर्दै सबै सीमा नाका बन्द गरेको छ ।

बनावासा आइ नै हालेपनि उनीहरुलाई नेपाल भित्रिन भने सहज देखिदैन ।

“उनीहरुले त्यसरी आत्तिएर नआउनुपर्ने थियो, तर आइहालेपछि हामीले सहयोग गर्नुपर्छ ।” सांसद भट्टले भने, “काखमा डेढ महिनाको बच्चा छ, अहिले रुद्रपुर पुगे भन्ने खबर आएको छ ।”

भारतमा लाखौं नेपाली काम गर्ने गरेका छन् । त्यसमा पनि सबैभन्दा उल्लेख्य संख्या सुदूरपश्चिमका पहाडी जिल्लाका नेपाली रहेका छन् ।

न खान छ, न पिउन छ । दिल्लीमा अलपत्र परेका नेपाली हिडेरै स्वदेश फर्किदै

मुम्बईबाट दिल्ली हुँदै नेपाल आउने बेला लकडाउन भएपछि १५ नेपाल सडकमा अलपत्र परेका छन् ।भारतको मुम्बईबाट नेपालको कञ्चनपुर आउने क्रममा दिल्ली पुगेको बेला लकडाउनको घोषणा भएपछि उनीहरु बिचल्लीमा परेका हुन ।भारतको एबिपी न्यूज समाचारमा प्रकाशित भिडियो रिपोर्ट अनुसार, मुम्बईबाट फर्किंदै गरेका बेला दिल्लीमा उनीहरु लकडाउनमा फसेका हुन ।दिल्लीमा फसेपछि एउटा होटलमा बास बस्न पुगेपनि भोलीपल्ट नै होटलले निकालिदिएको र प्रहरीले समेत दुव्र्यवहार गरेको उनीहरुले बताएका छन् ।दिल्लीबाट करिब ७ सय किलोमिटर टाढा नेपालको सीमा शहर कञ्चनपुर रहेको छ ।दिल्लीमा आनन्दबिहार बसपार्क बाहिर भेटिएका यी नेपालीमध्ये केही महिला समेत छन् । एकजना महिला डेढ महिनाको छोरासँगै छिन् । “हिजोदेखि पानीसम्म खान पाएका छैनौं । अब त दूध पनि आउन छोड्यो ।” एबिपीको रिपोर्टरलाई उनले भनिन ।नेपाल आउने साधन नपाएपछि सुटकेश र झोला बोक्दै नेपालीहरुको उक्त समूह पैदल नै हिडेर नेपाल आइरहेका बैतडीका सांसद लीलाधर भट्टले जनाए ।

Posted by Everest Dainik on Thursday, March 26, 2020

कमेन्ट गर्नुहोस्