‘क्वारेन्टाइन’बाट भागे एकै परिवारका ४ जना

दार्चुलाः जिल्लाको अपिहिमाल गाउँपालिकाको ‘क्वारेन्टाइन’मा राखिएका ८ मध्ये ४ जना भागेका छन् ।

गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालका अनुसार भारतको बैंग्लोरबाट आएका ८ मध्ये गाउँपालिकाको वडा नम्बर ६ का एकै परिवारका ४ जनाले ‘क्वारेन्टाइन’ छोडेर भागेका हुन् ।

अध्यक्ष मन्यालले भने, ‘क्वारेन्टाइनबाट भागेका उनीहरुलाई वडा अध्यक्षको निगरानीमा राखिएको छ । कोरोनाको संक्रमण रोक्न १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको भए पनि क्वारेन्टाइन छोडेर भागेका हुन् ।’

प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएको अध्यक्ष मन्यालको भनाइ छ । उनीहरुलाई परामर्श दिएर गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । (फाइल तस्बिर)

कमेन्ट गर्नुहोस्