विश्‍वकप लिग–टूः नेपालले खेल्ने २ त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को असरका कारण नेपालले खेल्ने दुई वटा त्रिकोणात्मक सिरिज स्थगित भएको छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले आफ्नो हरेक गतिविधि ३० जुन सम्मका लागि स्थगित गरेसँगै नेपालले खेल्ने सिरिज पनि स्थगित गरिएका हुन् ।

कोरोनाको प्रभावका कारण यसअघि नै अमेरिकामा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भइसकेको छ। आइसीसीले कोरोनाको प्रकोपको कारण अन्य थप सिरिजहरु पनि स्थगित गरेको छ।

यसैअन्तर्गत नेपालले खेल्ने दुईवटा सिरिज स्थगित भएको हो। जसमा अप्रिल २० देखि २७ सम्म हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको खेल स्थगित गरिएको हो।

 

कमेन्ट गर्नुहोस्