उद्योग मन्त्रीको विशेष निर्णयः अत्यावश्यक वस्तुका लागि भारतसँग कुरा गरिने, टोलटोलमा सामानको ‘कम्बो प्याक’ वितरण गर्न अनुमति

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९)  नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ गरेपछि आपूर्तिमा समस्या आउन नदिन अत्यावश्यक बस्तु आयातका लागि भारत र चीनसँग पहल गरिने भएको छ ।

यो निर्णय आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आजको बसेको बैठकले भारत र नेपालले पूर्वसतर्कता र सुरक्षाका उपायहरुका कारण दैनिक उपभोग्य वस्तुहरु, औषधि, औषधिको कच्चा पदार्थ र औषधिजन्य सामाग्रीको आपूर्तिमा केही असहजता देखिने अवस्थामा आपसी सहकार्य गर्नुपर्ने निष्कर्श निकालेको हो ।

बैठकले भाइरसको प्रकोपबाट नागरिकलाई जोगाउँदै न्यूनतम मानवीय आवश्यकता पूरा गराउने कार्यमा विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।

नेपालको करिब दुईतिहाई व्यापार भारतसँग हुने गरेकोमा वर्तमान परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई नियमित बनाउन भारत सरकारसँग पराराष्ट्र मन्त्रालयमार्फत् विशेष अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी मानवीय स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी अत्यावश्यक वस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामग्रीको आपूर्तिलाई व्यवस्थालाई आवश्यक सहयोगको लागि परराष्ट्र मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरिएको नीजि सचिव वीरेन्द्र बस्नेतले बताए ।

आजको बैठकले स्थानीयरुपमा बिक्रि वितरणलाई सहज तुल्याउन प्रत्येक टोलमा कम्बो प्याक ९ चामल ५ केजि, दाल १ केजि, नुन ९१ केजि,ते ल १ केजि लगायत घर घरमा टोलटोलमा बेच्न लाने ठूला मार्ट, अनलाइन विक्रेता वा जुनसुकै ब्यापारीले पनि टोलटोलमा गाडी मार्फत बेच्न पाउने गरी स्थानीय तहले सहजिकरण गर्न दिने समेत निर्णय गरेको छ ।

यसका साथ यी व्यपारिक संस्थानहरुले कम्बो प्याक बनाएर टोल टोलमा वितरण गर्न सक्ने छन् । यसका साथै स्थानीयस्तरमा स्थानीय तहलाई नै ग्यासलगायतका आवश्यक बस्तुको सहजिकरण र व्यवस्थापन गर्न दिने निर्णय समेत गरिएको उनले बताए ।

यस्तै मजदूरलाई पर्न जाने समस्या हल गर्न मजदुरहरुको लागि १ कम्बो वितरण गर्ने तयारी रहेको र त्यसका लागि स्थानीय तहले सहजिकरण गर्ने छलफल भएको छ ।

कमेन्ट गर्नुहोस्