‘लकडाउन’मा स्टोरहरुले आफ्नो गाडीबाट खाद्यान्न वितरण गर्न पाउने (मन्त्रालयका ६ निर्णयसहित)

काठमाडौंः गृह मन्त्रालयले ‘लकडाउन’मा काठमाडौं उपत्यका भित्र र बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोरहरुले आफ्नो गाडीबाट खाद्यान्न वितरण गर्न पाउने निर्णय गरेकाे छ ।

आज मन्त्रालयका सचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको बैठकले ‘लकडाउन’को अवधिमा उपत्यका भित्र र बाहिरका स्टोर तथा विक्रेताहरुले आफ्नो गाडीबाट अत्यावश्यक वस्तु वितरण गर्न पाउने निर्णय गरेकाे हाे ।

स्टोरहरुलाई सवारी पासको व्यवस्था जिल्ला प्रशासन र पसल सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षाको व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने छ ।

यस्तै मन्त्रालयले ‘लकडाउन’को मौका छोपेर कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरेमा शुल्क नलाग्ने १४४९ नम्बरमा फोन गर्न सबैलाई आग्रह गरेको छ ।

यस्ता छन् आज गृहमन्त्रालयले जारी गरेका ६ निर्णय

कमेन्ट गर्नुहोस्