तरुण दलका क्षेत्रिय संयोजक रुख काटिरहेको अवस्थामा पक्राउ

महेन्द्रनगरः कञ्चनपरको बेतकोट नगरपालिका–१० मा रहेको मध्यवर्ती क्षेत्रबाट रुख काटिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भट्ट (सिके) पनि रहेका छन् ।  पक्राउ परेका भट्ट कांग्रेस बेदकोट नगरका सचिव तथा नेपाल तरुण दलका क्षेत्र नम्बर ३ का सभापति समेत हुन् ।

पक्राउ पर्नेमा भट्टसहित बहादुर डगौरा, करन पन्त र हर्क नेपाली रहेका निकुञ्ज प्रशासनले जनाएको छ।

रुखहरु काटेर ढालेको अवस्थामा गोलिया गर्दैगर्दा उनीहरुलाई गएराति निकुञ्ज प्रशासनको नेतृत्वमा आएको नेपाली सेना सहितको टोलीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक थान आरासमेत बरामद गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलका अनुसार पक्राउ परेका उनीहरुविरुद्ध वन ऐन ०७६ अनुसार मुद्दा दर्ता गरेर कारबाही अघि बढिसकेको छ । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्