तपाइकै सिफारिसका थप सामग्री उपलब्ध हुँदै छन्, धैर्य गर्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्दै भनेका छन्, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं । हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।’

उनले बिहीबार गरेको ट्वीटमा भनेका छन्, ‘तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।’

कमेन्ट गर्नुहोस्