संक्रमणको घटनामा मृत्युदर कूल औषत मृत्युदर होइन

भाइरसको संक्रमणबाट अधिकतर घटनामा व्यक्तिमा सामान्य लक्षण देख्न पाइन्छ र यसकारण उनीहरु डाक्टरकोमा पुग्दै पुग्दैनन । यस्तोमा स्पष्ट के भन्न सकिन्छ भने संक्रमणका अधिकतर घटना दर्ता नै हुँदैनन् ।

यसै वर्ष मार्च १७ मा ब्रिटेनका लागि मुख्य वैज्ञानिक सल्लाहकार सर पेट्रिक वालेसले अनुमान लगाए अनुसार कोरोना संक्रमणका करिब ५५ हजार घटना हुन सक्छन् । यद्यपी अहिलेसम्म २ हजार घटनाको मात्रै पुष्टि भएको छ ।

कोरोनाका कारण भएका मृत्युलाई यदि २ हजारले भाग गर्ने हो भने तपाईलई जुन मृत्यु दर पाइन्छ त्यो ५५ हजारलाई विभाजित गर्दा आउने संख्या भन्दा निकै बढी हुने छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा अहिलेसम्म ६ हजार ६०० भन्दा बढी घटना सार्वजनिक भएका छन् भने ३३५ को मृत्यु भएको छ ।

कोरोनाको पुष्टि भएका घटनामा मृत्यु दर सही अर्थमा भएरहेको मृत्यु दर हुनसक्दैन । यसको ठूलो कारण के पनि हो भने अधिकतम घटना दर्ता नै हुँदैनन र त्यसैले तिनीहरु कति गम्भीर थिए भन्ने थाहा नै हुँदैन ।

तर यो गलत पनि हुन सक्छ किनभने जो कोरोना संक्रमित छन र जसको ज्यानमा खतरा , उनीहरुलाई ध्यानमा न राखेर मृत्यु दर आँकलन गर्दा यो कम पनि आउन सक्छ ।

अलग-अलग देशमा किन छ फरक फरक मृत्यु दर?

इम्पिरियल कलेजले गरेको एक शोध अनुसार संक्रमणको सामान्य भन्दा सामान्य लक्षणलाई चिन्ने सवालमा हरेक देशको फरक फरक क्षमता हुनसक्छ ।

भाइरसको टेष्टका लागि देशहरुले फरक-फरक तरिका प्रयोगमा ल्याएका हुन्छन् । टेष्ट गर्ने क्षमता पनि फरक हुन्छ । त्यतिमात्रै नभएर टेष्टिङको मानदण्ड पनि फरक हुनसक्छ । यी सबै कुरा समयक्रमानुसार परिवर्तन हुन्छ ।

शुरुका दिनमा बेलायत सरकारले प्रतिदिन १० हजार टेष्ट गरिरहेको थियो । आउने चार हप्ता सरकारले यसलाई बढाएर प्रतिदिन २५ हजार तेष्ट गर्ने योजना बनाइरहेको छ । अहिले भने मुख्य रुपमा यहाँ अस्पतालमा मात्रै मानिसको टेष्ट भइरहेको छ ।

मृत्युदरको सही आँकलन कसरी हुन्छ ?

जर्मनीसँग एक दिनमा करिब २० हजार टेष्टिङको क्षमता छ र जुन मानिसमा संक्रमणमा सामान्य लक्षण देखिन्छ, त्यसलाई पनि टेष्ट गर्ने गरिन्छ । त्यसैले त्यहाँ अहिलेसम्म जति पनि घटना दर्ता भएका छन् तिनीहरुमा गम्भीर घटना र सामान्य संक्रमणका घटनाको तथ्यलाई स्पष्टरुपमा बुझ्न सकिन्छ ।

जर्मनीमा कोरोनाको पुष्टि भएका घटनामा मृत्युको दर ०.५ प्रतिशत छ । र यो पुरै यूरोपमा सबैभन्दा कम हो । तर नयाँ नयाँ संक्रमण आउने क्रमसँगै यो तथ्यांक परिवर्तन हुने छ ।
तपाईको रोगको पहिचान र त्यसको उपचार तपाईले कस्तो उपचार उपलब्ध छ र के स्वास्थ्इ सेवा त्यो उपचार गर्न सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ । यसका साथै तपाई महामारीको कुन चरणमा हुनुहुन्छ भन्ने कुराले पनि यो निर्भर गर्दछ ।

यदि कुनै देशको स्वास्थ्य सेवासँग अचानक क्षमता भन्दा अधिक संख्यामा आइसियूमा राख्नुपर्ने बिरामी आउँछन् भने त्यहाँको मृत्यु दर बढ्नु स्वभाविकै हो ।

वैज्ञानिकहरुले उपलब्ध सबै प्रमाणहरुलाई एकैसाथ राख्छन् र मृत्यु दरको बारेमा एउटा अवधारणा तस्वीर बनाउने कोशिस गर्छन् ।

उदाहरणका लागि सामान्य लक्षण भएका घटनाको अनुपातको आँकलन गर्नका लागि उनीहरु साना समूह हेर्ने गर्दछन् जस्तो कि एउटा जहाजमा सवार भएका सबै मानिसको समूह
तर यसरीगरिने आँकलनमा सानो प्रमाण पनि पुरै तस्वीर परिवर्तन गर्न सक्छ र सबूत सँगै समय पनि परिवर्तन हुनसक्छ ।

इस्ट एन्जेलिया विश्वविद्यालयमा मेडिसिन प्रोफेसर पल हन्टरका अनुसार मृत्यु दर तल पनि जान सक्छ माथि पनि । उनी भन्छन्, “इबोलाको बेला मानिसहरुले यो बिरामीसँग जुध्न सिके र मृत्यु दर तल आयो तर यदि स्वास्थ्य प्रणाली नै समाप्त भएमा हामी मृत्यु दरमा उछाल देख्न सक्छौ ।”
त्यसैले वैज्ञानिकहरु मृत्यु दरलाई लिएर एउटा न्यूनतम र उच्च दर बताउँछन् साथै एउटा आँकलन पनि बताउँछन् । यो आँकलन त्यो समयको या त्यो बेलाको सबैभन्दा राम्रो आँकलन हुन्छ ।

कमेन्ट गर्नुहोस्