अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १ हजार नाघ्यो

काठमाडौंः अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या एक हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म त्यहाँ ६९ हजार बढीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकामा समेत ठूलो असर परेको छ ।

कमेन्ट गर्नुहोस्