रुसी राष्ट्रपति पुटिनले घोषणा गरे अप्रत्याशित ‘लकडाउन’

मस्कोः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाबीच खास चर्चा नपाएको रुसले आकस्मिकरुपमा ‘लकडाउन’को घोषणा गरेको छ ।

सिएनएनका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आकस्मिक निर्देशन जारी गर्दै मस्कोका सबै रेष्टुरेन्ट, क्याफे, बार, पसल र पार्कलाई ५ अप्रिलसम्म बन्द गर्ने घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मस्कोका मेयर सेर्गेइ सोब्यानिनले यो घोषणालाई आकस्मिक र अप्रत्याशित बताएका छन् । तर वर्तमान परिस्थितिमा यो आवश्यक भएको समेत उनले टिप्पणी गरका छन् ।

त्यसो त रुसमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको भने छैन । अहिले पनि औषधि पसल र खाना आपूर्ति गर्ने रेष्टुरेन्ट खुल्ने आशा मस्कोवासीले गरेको र धार्मिक स्थलमा भने जान पाउनुपर्ने माग गरेको मेयरले बताए ।

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

रुसमा अहिलेसम्म ८४० जना कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १८२ नयाँ घटना भएका कारण कडा कदम चालिएको बुझिएको छ । पछिल्लो १८२ मा १३६ जना मस्कोका मात्र रहेका छन् ।

यतिमात्रै नभएर रुस सरकारले सबै राष्टि«य तथा अन्तर्राष्टिय उडानसमेत बन्द गरेको छ ।

कमेन्ट गर्नुहोस्