३६ दिन वुहान, १६ दिन दिल्ली र ११ दिन घरमा क्वारेन्टाइन, पढनुस् ६३ दिन ‘लकडाउन’ भएका सन्तोषको कथा

नयाँ दिल्लीः सरकारले ‘लकडाउन’ घोषणा गरेको एक साता पनि भएको छैन । तर कतिपय हामीहरु भने अहिले नै आत्तिएका छौं । तर, भारतमा एकजना युवा बिभिन्न स्थानमा ६३ दिन ‘क्वारेन्टाइन’मा बिताएका छन् ।

अहिले उनी ६३ दिनपछि ‘क्वारेन्टाइन’बाट सार्वजनिक भएका छन् । अचम्म त के छ भने चीनमा महामारीको मुख्य केन्द्र वुहानमा ३६ दिन बसेर हिमाञ्चलम्म आउँदा समेत उनी संक्रमित भने भएका छैनन् ।

उनी अर्थात् सोमदत्त । पेशाले भ्याक्सिन रिसर्चर अर्थात् खोप अनुसन्धानकर्ता । पढाइका लागि चीनको वुहान पुगेका थिएन सोमदत्त । ३६ वर्षको उमेर । चीनमा कोरोना भाइरसको संक्रमण चुलिएपछि उनी वुहानमा नै रहेको आफ्नो अपार्टमेन्टमा ३६ दिनसम्म बन्दी बनेँ । त्यसपछि भारत फर्किएपछि दिल्लीमा १६ दिन ‘क्वारेन्टाइन’मा बसे । त्यतिले पनि नपुगेर घरमा नै उनले ११ दिन आफूलाई क्वारेन्टाइनमा राखे ।

जीवनका लागि संघर्ष । अहिले भने उनी यो संघर्षमा सफल भएका छन् । उनको प्रदेश हिमाञ्चलमा अहिलेसम्म संक्रमणबाट एकजनाको मात्रै मृत्यु भएको छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार सोमदत्त अहिले आफ्नो गाउँ मतलहमा परिवारसँग छन् । कांगडामा अहिलेसम्म ३ जनामा संक्रमण देखिएको छ ।

सोमदत्त अहिले एउटा खोप अनुसन्धानकर्ताका रुपमा चिनियाँ कम्पनीमा काम गर्दछन् । उनी साढे तीन वर्ष अघि वुहान गएका थिए । वुहाउनको गुआंगु स्क्वायरमा दुई कोठाको अपार्टमेन्टमा बस्दै आएका थिए । उनले भने अनुसार, १० जनवरीका दिन स्थानीय अधिकारीहरुले सबै निवासीलाई मास्क लगाउन भनेका थिए । यो नयाँ भाइरस थियो र यसका बारेमा कसैलाई केही जानकारी थिएन । हेर्दाहेर्द अकस्मात संक्रमितहरु बढन थाले र सात दिनको बसन्त उत्सव भन्दा अगाडि नै ठूला संख्यामा मानिसहरु बाहिर जान थाले । त्यसपछि सरकारले १३ जनवरीका दिन यो शहर बन्द गरेको थियो ।

शुरुमा खाद्यान्न सामान र आवश्यक सामान किन्ने अनुमति मिलेको थियो । तर १० फेब्रुअरीपटि भने घरबाहिर निस्किन दिइएन । प्रत्येक समुदायलाई आवश्यक सामान पुर्याउन एकजना स्वयम्सेवक नियुक्ति गरिएको थियो ।

यति मात्रै होइन, उनीहरुले कुनै पनि मानिससँग शारिरीकरुपमा भेट्न पाउने अनुमति थिएन । उनीहरु वी च्याट र वी नेभर मीट जस्ता मोबाइल एपबाट साथीसँग कुरा गर्न सक्थे ।

यो समयमा उनी घर पनि फर्किन सकेनन् । भारत सरकारले वुहानबाट हामीमध्ये ११२ जनालाई फर्काउने भएपछि २७ फेब्रुअरीका दिन कोठाबाट निस्केर एकजना साथीलाई भेटे । लामो समयपछि कुनै साथी भेटदा आँखाबाट आँसु झर्यो । मैले उसलाई अंगालोमा बेरे । यो एउटा बेग्लै अनुभूति थियो ।

दिल्ली फर्केपछि हामीलाई एउटा क्याम्पमा राखियो । त्यहाँ एउटा कोठामा चार जना राखिएको थियो । सुरुमा हामी डराएका थियौं तर समयसँगै सबै ठीक भयो र हाम्रो विदाई गरियो ।

कमेन्ट गर्नुहोस्