सशस्त्र द्‍वन्द्वमा माओवादी नेतालाई सेल्टर दिने थापाको निधन

काठमाडौंः दस वर्षे सशस्त्र द्‍वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड लगायत नेताहरुलाई सेल्टर दिएका जयबहादुर थापाको निधन भएको छ ।

५४ वर्षीय थापाको भारतको राजधानी नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार मध्यान्ह करिब १ निधन भएको हो । उनी दुई वर्षदेखि मृगौला रोगबाट पीडित थिए ।

याे पनि पढ्नुस  सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएको नाम सार्वजनिक, को–को छन् ? (सूचिसहित)

थापा दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित रुपमै डायलसिस गर्दै आएका थिए । चिकित्सकले समयमै मृगौला प्रत्यारोपण गर्न सल्लाह गर्न दिए पनि आर्थिक अभावका कारण प्रत्यारोपण नहुँदा विगत केही महिनायता उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

रोगले च्यापेपछि उनलाई दुई दिनअघि दिल्लीको विनायक अस्पतालमा भर्ना गरिएको थियो । अखिल भारत नेपाल एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काका अनुसार थापाको उपचारकै क्रममा निधन भएको हो । उनको बिहीबार नै दिल्लीकै हैदरपुर घाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमतीसहित तीन छोरी, एक छोरा छन्।

याे पनि पढ्नुस  सशस्त्र द्वन्द्वमा अपांगता भएकाहरुको राहतलार्इ निरन्तरता दिने सरकारको निर्णय

थापा पूर्वमाओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता मन्चको केन्द्रीय सल्लाहकार थिए। माओवादी विद्रोह चरमोत्कर्षमा रहेका बेला पार्टीका अधिकांश उच्च तहका नेताहरु भारतमा प्रवासमा रहेका बेला उनीहरुको बासस्थानदेखि सुरक्षाको जिम्मा थापाकै काँधमा थियो।

प्रचण्डदेखि बाबुराम भट्टराईलगायत अधिकांश नेताहरुलाई भारतको राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षित सेल्टरको व्यवस्था गर्ने जिम्मा थापाकै काँधमै थियो।

कमेन्ट गर्नुहोस्