संक्रमित युवतीसँगै आएका ३३ जनामा कोरोना संक्रमण देखिएन

धनुषाः फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपाली युवतीसँगै विमानमा आएका प्रदेश २ का ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको पाइएको छ ।

ती युवतीमा कोरोना संक्रमण देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने, ‘एक जनाको काठमाडौंको टेकुमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन । ३३ जनालाई नै अहिले होम क्वारेन्टाइनमा राखिएको छ।’

फ्रान्सबाट दोहा हुँदै चैत ४ मा काठमाडौं ओर्लिएकी ती युवतीमा संक्रमण पुष्टि भएपछि सँगै फर्किएका प्रदेश २ का ३३ जनाको खोजी गरिएको थियो।

कमेन्ट गर्नुहोस्