जर्मन नागरिक लिन नेपाल आउँदै कतार एयरवेजकाे विमान

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ले गर्दा नेपालमा रोकिएका जर्मन नागरिक लिन कतार एयरवेजको चार्टड विमान नेपाल आउने भएको छ ।

पोखरा, लुक्ला र काठमाडौंमा रोकिएका ४ सयभन्दा बढी जर्मन पर्यटक नेपालबाट लैजाने व्यवस्था गरिदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई गत सोमबार अनुरोध गरेको थियो ।

याे पनि पढ्नुस  चीनले भन्यो- कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको ग्यारेन्टी गरेका छौं

कोरोना संक्रमणका कारण चैत १९ सम्म सरकारले सबै अन्तर्राष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाएकोमा जर्मन दूतावाससहित युरोपेली संघले गरेको आग्रहमा नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार दुई फ्लाइट उडानको अनुमति दिएको हो । कतार एयरवेज दोहा हुँदै जर्मनीको फ्रेंकफर्ट जानेछ ।

कमेन्ट गर्नुहोस्