काेराेना संक्रमित आएको विमानका सबै यात्रु पहिचान भइसक्योः उपप्रधानमन्त्री पाेखरेल

काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका दुई जना सङ्क्रमितहरुसँगै प्लेनमा आएकाहरुको सरकारले पहिचान गरिसकेको बताएका छन् ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखेरलले भने, ‘पहिचान भएकाहरुलाई क्वारेन्टाइनमा राख्छौं । ज्वरो र खोकीजस्ता समस्या देखिएमा स्वाब परीक्षण र कोरोना पहिचान भएमा उपचार गर्छौ ।’

रक्षा मन्त्रालय अगाडि पुतली बगैंचामा राखिएका तीनवटा टेन्टबाट नै संयोजक पोखरेलले बुधबारबाटै उच्चस्तरीय समन्वय समितिको बैठक, छलफल तथा भेटघाट गरिरहेका छन् ।

याे पनि पढ्नुस  चीनबाट सामान आउन सुरु, अब कुनै सामान नरोकिने

बिहीबार दिनभर नै कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका गतिविधि, तीन दिनदेखिको लकडाउनबाट आपूर्तिमा देखिएका समस्या र शान्ति सुरक्षाका विषयमा छलफलमा संयोजक पोखरेल व्यस्त रहे ।

उनले सञ्चारकर्मीसँग भने, ‘मुख्यगरी कोभिड–१९ सङ्क्रमणको उपचार, आपूर्ति र शान्ति सुरक्षाका विषयमा केन्द्रित भएर छलफल र योजना बनाउँदैछौ ।’ उनले कोभिड–१९ को परीक्षण र उपचारका लागि आवश्यक उपकरण र सामग्रीको विश्वमै अभाव रहेको समेत बताए । उनले भने, ‘कोभिड–१९ को परीक्षण र उपकारका लागि आवश्यक उपकरण र सामग्री हामीसँग थिएन । बाहिरबाट ल्याउनका लागि केही प्रक्रियागत जटिलता पनि छन् ।’

याे पनि पढ्नुस  अमेरिकामा फेरि एक्कासी बढ्यो कोरोना

उनले उपकरण तथा सामग्री खरिदमा रहेका जटिलता तोडेर चाँडै नै ल्याइने विश्वास व्यक्त गरे । उनले औषधि, दूध, फलफूल, खाद्यान्नका पसल खुला हुन्छन् भनेर सूचना गरिएको भए पनि व्यापारी र उपभोक्तामा केही अलमल भएको बताए । उनले भने, ‘औषधि, दूध, फलफूल, खाद्यान्न पसललाई खुला हुन्छन्, यो बन्दाबन्दीले त्यसलाई रोकेको छैन ।’

याे पनि पढ्नुस  विज्ञले प्रधानमन्त्रीलाई भने : ‘लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ’

उनले कोभिड–१९ ले मानवता र सभ्यता मै संकट ल्याएको चर्चा गर्दै राष्ट्रिय संकटको यो बेला सबैको एकीकृत प्रयास आवश्यक हुने बताए । उनले कफ्र्यूले राजनीतिक अर्थ दिने भएकाले मानिसको आवतजावत नियन्त्रणका लागि मात्रै सरकारले प्रयास गरिरहेको बताए ।

पाटन अस्प्तालमा पनि कोरोना उपचार कोभिड–१९ को परीक्षण र उपचार पाटन अस्पतालमा पनि सुरु गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्