सन्दीपद्वारा कोरोना राहत कोषलाई १ लाख सहयोग

काठमाडौंः नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना राहत कोष’मा एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत सन्दीपले सरकारले घोषणा गरेको यो कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  सीपीएलः पहिलो खेलमै सन्दीपआवद्ध बार्बाडाेस पराजित

सहयोग घोषणा गर्दै सन्दीपले कोरोनाबाट जोगिनका लागि सबैलाई सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको यो भाइरसका कारण अहिले विश्व नै सन्त्रासमा छ ।

नेपालमा पनि कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले एक सातासम्म ‘लकडाउन’ गरेको छ ।

याे पनि पढ्नुस  बीबीएलः क्रिस लिनको टिमले दियो होबार्टलाई २१३ रनको लक्ष्य

याे भाइरस नेपालमा तीन जनामा पोजेटिभ देखिसकेको छ । तीनमध्ये एकलाई निको भइसकेको भने बाँकी दुई जनाको उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्