निजी अस्पतालले नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्छः पूर्वराजा शाह

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारीसगै सबै निजीस्तरका स्वास्थ्य संस्थाले पनि नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’

केही निजी अस्पतालले कोरोनाको आशंकामा परीक्षणमा पुगेका विरामीको जाँच नगरेको गुनासो आइरहेको बेला पूर्वराजाले यस्तो बताएका हुन् । शाहले यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्