जर्मनीबाट फर्केका संक्रमित शर्माले अस्पतालको बेडबाट गरे भावुक अपीलः प्लिज आइसोलेसनमा बस्नुस

जबलपुर । कोरोना भाइरसको संक्रमणमा परेका एकजना युवकले प्रवासबाट फर्किनेहरुलाई निकै भावुक अपील गरेका छन् ।

भारतको मध्यप्रदेश जबलपुर निवासी उपनिषद शर्माले आफ्नो कथा व्यथा बताउँदै भावुक अपील गरेका हुन ।

जर्मनीबाट फर्केपछि रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेका शर्मामा जाँच गर्दा कोरोना भाइरस देखिएको थियो ।

उनले आफैलाई तीनदिनसम्म आइसोलेटमा राखे भने बुद्धमानी देखाउँदै कैयन मानिसलाई संक्रमित हुनबाट समेत जोगए ।

अस्पतालमा भर्ना भएको उपनिषदले एउटा भिडियो सन्देश जारी गर्दै यो खतरनाक भाइरसबाट जोगिन सबैमा अपील गरेका छन् ।

उपनिषदको सन्देशः

म मार्च १६ तारिखका दिन जर्मनीबाट दिल्ली फर्किएँ । त्यसपछि जबलपुर आएँ । सरकारको निर्देशन मान्दै मैले आफूलाई तीन दिनसम्म आइसोलेसनमा राखे । त्यसपटि मलाई ज्वरो आए । मैले तत्कालै डाक्टरसँग सम्पर्क गरे । डाक्टरले घर आएर मलाई चेकजाँच गरेपछि भिक्टोरिया अस्पताल लगेर गए ।

त्यहाँ जाँच गर्दा २० मार्चका दिन मलाई कोरोना पोजिटिभ देखियो । त्यसपछि म जबलपुरको मेडिकल कलेजमा उपचार गराउँदै छु ।

म निकै कष्ट सहिरहेको छु । तपाई सुरक्षित र स्वस्थ्य रहनुहोला भनेर यो बिमारीको बारेमा मैले तपाईलाई जागरुक गरिरहेको छु ।

यो बिमारीबाट डराउनु पर्ने कुनै आवश्यकता छैन । धेरैजसो मानिस निको हुन्छन् । तपाईलाई ज्वरो र रुघाखोकी मात्रै हुनेछ । तर ठीक भइहाल्नुहुन्छ । तर तपाईसँग कुरा गर्दा पनि अहिले मलाई श्वास फेर्न गारो भने भइरहेको छ ।

म तपाईलाई भन्न चाहन्ुछ, यदि तपाई विदेशबाट आउनु भएको छ भने परिवारका मानिसबाट दूरी बनाएर बस्नुस । आफ्नो हात बारम्बार धुने गर्नुस् । मुख ढाकेर राख्नुस र राम्रो खाना खानुस । निकै आराम गर्नुस । यदि बढी रुघाखोकी छ भने बाहिर निस्किनुस् ।

मेरो तपाई सबैलाई अपील छ, म जस्ता मानिसहरुको ज्यान जोगाउने डाक्टर र मेडिकल स्टाफलाई पुरै सम्मान दिनुस र उनीहरुलाई पीडा नदिनुस् । यहाँ यो अस्पतालमा म जस्ता अरु पनि कैयन बिरामी छन् जसको उनीहरुले रातदिन सेवा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्